• लुम्बिनी प्रदेश सरकार

    कृषि तथा भूमि व्यवस्था मन्त्रालय

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

    पशु सेवा तालिम केन्द्र

    नेपालगंज बाँके


    कार्य विवरण
    मुख्य कार्य:

    ग्रामीण क्षेत्रको प्रमुख आय आर्जनको श्रोतको रुपमा रहेको पशुपन्छीपालन व्यवसाय बिस्तारं व्यवसायिकता तर्फ उन्मुख हुदै गएको पाईन्छ । तालिमको माध्यमबाट आधुनिक प्रविधि, ज्ञान, सीप हस्तान्तरण गर्दै व्यवसायीहरुलाई दक्ष बनाई नाफामुलक पशुपन्छीपालन व्यवसाय संचालन गर्न सक्ने बनाउने तथा विदेश पलायन हुने युवा शक्तिलाई निरुत्साहित गर्दै स्वदेशमै पशुपालन क्षेत्रमा रोजगार सिर्जना गर्न उत्साहित गर्न यस तालिम केन्द्रले व्यवसायिक पशुपालक कृषक तथा युवाहरुलाई विभिन्न सिपुलक एवं ज्ञानबर्दक तालिमहरु संचालन गर्दै आएको छ । यस पशु सेवा तालिम केन्द्रले नविनतम प्रविधिहरुलाई प्रभावकारी रुपमा सम्वन्धित कृषक तथा सेवाग्राही वा संघ संस्थामा पुर्याउनको लागि पशु सेवा तथा मत्स्य सेवासँग सम्बन्धी तालिम कार्यक्रमको तर्जुमा गरिएको छ । साथै पशुपन्छी तथा मत्स्य विकास सेवामा संलग्न कर्मचारीहरुको ज्ञान र सीप एवं क्षमता विकासलाई समायानुकुल बनाउन पनि समय समयमा तालिम कार्यक्रम र पशुपन्छी तथा मत्स्य सम्बन्धी ज्ञान र सूचनालाई कृषकको घर दैलोमा पुर्याउन विभिन्न तौर तरिका मध्ये तालिम पनि महत्वपूर्ण साधनको रुपमा प्रयोग भई आएको छ । तालिम जनशक्तिको क्षमता विकासको एक मुख्य औजार हो । तालिमले कार्य सम्पादनको लागि आवश्यक ज्ञान र सीप हस्तान्तरण गरी व्यवहारमा परिवर्तन ल्याउँछ । यसले बर्तमान र भविष्यमा गरिने कामको लागि आवश्यक पर्ने जनशक्ति तयार गर्दछ । नवप्रवर्तनको लागि सक्षम बनाउछ । यसर्थ, पशुपन्छीपालन व्यवसायी र पशु सेवा क्षेत्रका जनशक्तिको आवश्यकता अनुसार ज्ञान, सीप र व्यवहार परिवर्तनसँग सम्बन्धित बिषयलाई बिभिन्न अनुपातमा तालिम दिईन्छ । तालिमले जनशक्तिको कार्य संलग्नता बढ्छ जसबाट अन्ततः व्यवसाय तथा संगठनको उत्पादकत्व बृद्धिमा योगदान पुग्दछ ।ुधार,उचित ब्यबस्थापन तथा थोरै लगानीमा उत्पादन तथा उत्पादकत्व सुधार गर्न अत्यन्तै आबस्यक छ।

    © 2020 Copyright : पशु सेवा तालिम केन्द्र, नेपालगंज बाँके
    Last Updated: 2080/07/22
    Developed By: Ninja Infosys Pvt. Ltd.